२०८० चैत्र १६ गते शुक्रवार | 2024 March 29th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका कारण प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीको विषयमा बैठक अवरोध गरेको हो । प्रतिनिधिसभामा शुक्रबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

जानकारी अनुसार बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि यो कुरा उठाइएको थियो । त्यसपछि केही ढिलो गरी सुरु भएको सभामा एमालेले सुरुमै यो विषयमा सरकारको जवाफ माग्यो । एमालेले जवाफ नआउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस