२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

४० गोहीको बथानमा फसे एक व्यक्ति, सार्वजनिक भयो डरलाग्दो दृश्य

काठमाडौं । कम्बोडियामा गोहीको हेरचाह गर्ने एक व्यक्ति गोहीको झुण्डमा फसेका छन् । झण्डै ४० गोहीले एक झट्कामा टुक्रा टुक्रा पारेका हुन् । स्थानीय प्रहरीले लुआन नाम गरेका ७२ वर्षीय मानिस अण्डामा बसेको गोही हटाउन आफ्नो त्यहाँ पसेको पाइएको छ । तर गोहीहरूले त्यो लट्ठी आफ्नो मुखले समातेर आफ्नो घेरातर्फ तानेर निकाल्न खोजिरहेका थिए । त्यही क्रममा करिब ४० गोहीले उनलाई आक्रमण गरेका हुन् ।

घटना शुक्रबार सिम रीप सहरमा देखिएको हो । मारिएका व्यक्तिको शरीरभर टोकाइको निशान देखियो । उनको एउटा हात पनि छैन् । जानकारी अनुसार उनी गोही पालन किसान संघको अध्यक्ष पनि थिए । सन् २०१९ मा यही फार्ममा गोहीको आक्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । यो फार्म विश्व प्रसिद्ध अंकोरवाट मन्दिर अगाडि छ । दक्षिण एसियाली देशहरूमा गोहीको अण्डा, छाला र मासु प्रयोग हुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस