२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा कोठा पाइन: चन्द्र भण्डारी राम्रो मान्छे हो, यहाँ आयो भने बम हान्दिन्छ भन्छन्

Chandra Bhandari

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले काठमाडौंमा कोठा नपाएको गुनासो गर्नुभएको छ । एक टेलिभिजन कार्यक्रममा बोल्दै उहाँले यसबारे जानकारी गराउनु भएको हो । आउँदो सोमबार राति ९ बजे प्रसारित हुने तमसोमा ज्योतिर्गमयको दोस्रो प्रोमो शनिबार पत्रकार टिकाराम यात्रीको युट्यब च्यानमार्फत सार्वजनिक गरिएको छ ।

सोही प्रोमोमा नेता भण्डारीले भन्नु भएको छ, ‘म पुनर्जन्म जस्तो लिएर आएको छु, मलाई किन असत्य बन्न पर्यो र ? मेरो स्वार्थ भनेको मुलुक हो, मेरो स्वार्थ भनेको जनता हो । मलाई केही चाहिएको पनि छैन् । अब म यहाँ आउँदाखेरी लौन मलाई कुनै ठाउँमा बस्ने, जहाँ म बसिरहेको थिए त्यहाँ आमा पनि बित्नुभयो, आगजनी भयो, अब त्यहाँ गएर म त बस्न सक्ँिदन्, मलाई कोठा खोज्देउ न भन्दा धेरै ठाउँमा मैले कोठा पाइन ।

चन्द्र भण्डारी राम्रो मान्छे हो यहाँ राख्यो भने बम हान्दिन्छन्, मार्दिन्छन् ।’ भण्डारी गत फागुन ३ मा बुद्धनगरमा ग्यास लिक हुँदा घाइते हुनु भएको थियो । सोही घटनामा घाइते आमा हरिकला भण्डारीको भने गत फागुन ४ गते निधन भएको थियो ।

आमा बितेको दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो । उहाँ भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फिर्ता हुनु भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस