२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत उडेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंका, फोर्स ल्याण्डका लागि फर्किदै

Nepal Airlines

काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंका भएको छ । उक्त विमान अहिले फोर्स ल्याण्डका लागि त्रिभुवन विमानस्थलमा नै फर्काइदैछ ।

शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पुष्टि गर्नुभयो । उहाँका अनुसार अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस