पुलिस बनेर आएका नन्दरामले पहिले प्रेमिका मारे, पछि आफैलाई खुकुरी हाने
खाँदबारी । संखुवासभामा एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन्। खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन् । खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन्। उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेका छन्।
घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ। घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।