२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप खेल्ने नेपालको सपनामा नाबालिग बनिन् तगारो : सन्दीप लामिछाने अनुपस्थित

Sandeep Lamichhane

काठमाडौं । जिम्बाबेमा हुने एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने अनुपस्थित छन् । प्रशिक्षणमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने नै नगएपछि विश्वकप विश्वकप खेल्ने नेपालको सपना पूरा नहुने भन्दै खेलकुद प्रेमीले चिन्ता व्यक्त गरिरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा दुई दिनदेखि प्रशिक्षण चलिरहँदा सन्दीप अनुपस्थित बनेका हुन् । अदालतमा जारी मुद्दाका कारण दक्षिण अफ्रिका जिम्बाबे भ्रमणमा जाने–नजाने तय नभएकाले बन्द प्रशिक्षणमा नगएको निकट स्रोतले बतायो । ‘अहिलेसम्म दक्षिण अफ्रिका जाने तय भइसकेको छैन,’ स्रोतले भन्यो, ‘त्यसैले बन्द प्रशिक्षणमा अनुपस्थित रहनुभएको हो ।’ नेपाल क्रिकेट संघ (क्यान) भने सन्दीपलाई कुनै पनि हालतमा छुटाउने पक्षमा छैन । विश्वकप छनोटका लागि घोषित २२ सदस्यीय प्रारम्भिक टिममा सन्दीपलाई समावेश गरिएको छ ।

तर अदालतले आज भन्दै भोलि भन्दै अन्तिम फैसला पर्खाएको छ । सन्दीप विदेशमा क्रिकेट खेलिरहेका बेला यता फैसला आएमा दुर्घटना हुनसक्ने भन्दै सन्दीपले जिम्बाबे जाने नजाने एकिन गर्न सकेका छैनन् ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस