२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो।

सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गर्नुभयो । शनिबारसम्म यस कार्यक्रममाथि छलफल भइरहेको थियो। छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको थियो ।

नीति तथा कार्यक्रममाथि केही सांसदहरूले संशोधन गर्ने प्रस्ताव राख्नुभएको थियो । उहाँहरुका केही प्रस्तावहरु फिर्ता भए भने केही बहुमतले अस्वीकृत भए । यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपराह्न ४ बजे बजेट पेस हुँदैछ। अर्को बैठक आइतबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस