२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नवप्रवर्तकहरूलाई सपना देखाउने १८ वर्षीय किशोर अभय परियार : जसले बुद्ध एयर हुबहु बनाए

Avay Pariyar

काठमाडौं । नेपालमा नवप्रवर्तकहरूलाई सपना देखाउने व्यक्तित्व दिनप्रतिदिन जन्मिरहेका छन् । दुनियाँ चकित हुने काम कुनै तालिम, अध्ययनबिना नै गरिरहेका छन् । जन्मजात आउने सोच र निरन्तरको प्रयासबाट धेरै नौला आविष्कार नेपालमा भएका छन् ।

चितवनको रत्ननगरका १८ वर्षीय किशोर अभय परियारले हुबहु बुद्ध एयरको जहाज बनाउनुभएको छ । नेपाली स्थानीय सामानहरु नै प्रयोग गरेर अभयले स्वनिर्मित विमान सफल परीक्षण उडान गर्नुभयो । कुनै औपचारिक प्रशिक्षण बिना अभयले स्थानीय सामग्री प्रयोग गरेर अविश्वसनीय बुद्ध एयर एटीआर–४२ विमान सिर्जना गरेको भन्दै बुद्ध एयरले आफ्नो अफिसियल पेजमा अभयको तस्बिर राखेको छ । उहाँको जोश र सृजनशीलताले हामीलाई आफैंमा विश्वास गर्न र निडरतासाथ हाम्रा सपनाहरू पछ्याउन प्रेरित गरेको छ बुद्ध एयरले लेखेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस