२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले नेपालको लुम्बिनीसम्म आफ्नो भूमि भन्दै संसदमा नक्सा राख्यो, आपत्ति जनाउँदै ओलीले भने के प्रचण्ड चोख्याउँन जाँदैछन् ?

India laid a map in the Parliament saying that Nepal's territory is up to Lumbini

काठमाडौं । विश्वकै ठूलो भनिएको भारतीय संसदको नयाँ भवन औपचारिक रुपमा उद्घाटन भएको छ । भवन भित्र राखिएको भारतको राजनीतिक नक्सामा नेपाली भूमि राखिएको छ । ‘अखण्ड भारत’ को नाम दिइएको भित्ते नक्सामा नेपालको भू–भाग समेत समेटिएको विषय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्कोगरी उठाएको छ ।

त्यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएकाले भारत सरकारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुरा उठाउनुपर्ने एमाले नेताहरुको माग छ । प्रधानमन्त्रीको भ्रमणमा यो विषय उठाएर सच्याउन नसके, चोख्याउन गएको ठहर हुने केही देशभक्तहरुको बुझाई छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय मूख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा भारतीय कदम उचित नभएको बताउनुभयो । ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ’, ओलीले भन्नुभयो, ‘यति कुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने ?’

 

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस