२०८० चैत्र १६ गते शुक्रवार | 2024 March 29th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोरीले मिस नेपाल इन्टरनेसनल जितेपछि पूर्व मिस नेपाल रुबी राणा : छोरीको जितमा चकित छु, गर्व पनि गर्छु

miss nepal ruby rana shah daughter prasidhi shah

काठमाडौं । प्रथम मिस नेपाल रुबी राणाले ताज जितेको २९ वर्ष पुगेको बर्ष छोरीले अर्को ताज घर भित्र्याइन् । आमाको विरासतलाई निरन्तरता दिंदै रुबीकी छोरी प्रसिद्धि शाह ( miss nepal ruby rana shah daughter prasidhi shah  ) ले मिस नेपाल इन्टरनेसनल २०२३ को उपाधि जितिन् । शनिबार गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा छोरीले स्टेजमा प्रस्तुति दिइरहँदा दर्शकदीर्घामा बसेकी रुबी छोरीका लागि चियर–अप गर्दै थिइन् ।

आमा र पूर्वमिस नेपाल हुनुको नाताले छोरी प्रसिद्धिको जितलाई हेर्ने र बुझ्ने कुरामा रुबीको पनि ठूलो हात छ । प्रसिद्धिको मिस पपुलर च्वाइसको सहविधाको विजयमा रुबीको योगदान स्पष्ट हुन्छ । उनले खुलेरै छोरीको लागि भोट मागिरहेकी थिइन् । अन्ततः नतिजा पनि प्रसिद्धिकै पोल्टामा पुग्यो । उनले मिस नेपाल इन्टरनेसनल २०२३ जितिन् । जितपछि रुबी राणाले छोरीको जितमा चकित छु, गर्व पनि गर्छु ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस