२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रयाङ्क स्टार एलिस राई र विमला खजुमको अभिनयमा ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक

काठमाडौं । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईको संगीत संयोजन गरेका हुन् ।

गीतमा दिपा लामाको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा युवा माझँमा निकै रुचाइएका प्रयाङ्क स्टार एलिस राई Prank star Alice Rai र विमला खजुमको पनि अभिनय छ । भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तयार पारिएको हो । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।

भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जिवनका विभिन्न घटना क्रमहरुलाई सिलशिलाबद्ध रुपमा देखाउन खोजिएको छ । दुःख पछिको सुख र नव विवाहित जोडिले जिवनमा भोग्ने गरेको जिवन सघर्षलाई गीतलाई सफल रुपमा चित्रण गरिएको छ ।

काठमाण्डौं र ललितपुरमा रहेका रमणिय ग्रामिण परिवेशलाई गीतमा समेटिएको छ । गीतलाई ’आर जि टी फिल्मस’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संकल्प भुजेलको छायाँकन, अनिल रानाको सम्पादन र एलिस राईको निर्देशनमा भिडियो तयार गरिएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस