२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

सुरुमा नै प्रधानमन्त्री प्रचण्डलाई मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवले भेटे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ। बुधबार भारत पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको होटल मोर्यामा उहाँहरूले भेट गर्नुभयो।

 प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा जानुभएको हो । दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ । द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ।

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस