२०८१ असार ४ गते सोमवार | 2024 June 17th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युवा संघले जलायो अखण्ड भारतको नक्सा

काठमाडौं । अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले अखण्ड भारतको नक्सा जलाएको छ। नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै एमालेको भातृ संगठन युवासंघले काठमाडौंको नयाँ बानेश्वरमा राँके जुलुससहित अखण्ड भारतको नक्सा जलाएको हो । उनीहरुले नयाँ बानेश्वरमा प्रदर्शसमेत गरेका छन्।

उनीहरुले ‘सरी मोदी ब्रोहरु, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, लुम्बीनी र कपिलवस्तु कदापि दिन सकिन्न’, ‘जा जा प्रचण्ड जा, देश बेचेर खा’ र ‘सीमाना पारी पाहुनाको लस्कर, शितल निवासमा नागरिकता तस्कर’ लगायतका नारासहित अखण्ड भारतको नक्सा जलाएका हुन् । भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्सामा राखेपछि नेपालमा त्यसको आक्रोशसहित विरोध सुरू भएको हो । यसअघि संयुक्त संगठनले पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस