२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान लिन सुरु

top bahadur rayamajhi balkrishna khand

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । यस प्रकरणमा पक्राउ परेकाहरूको आज शुक्रवारदेखि बयान लिन सुरु भएको हो । उनीहरूको काठमाण्डौ जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान लिइनेछ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध गएको बुधवार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँ उठाइएको आरोप छ ।

प्रहरीले यस प्रकरणमा १६ जनालाई पक्राउ गरेकोमा अझै १४ जना भने फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस