२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाई दिने सम्झौता : चितवनसम्म पाइपबाटै इन्धन

नयाँदिल्ली । नेपाल र भारतबीच १७ अर्ब लागतको दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतको लगानीमा पाइपलाइन र टर्मिनल बनाउने समझदारी भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले समझदारीपत्र आदानप्रदान गर्नुभयो । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार समझदारी पत्रमा भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र टर्मिनल निर्माण गर्ने उल्लेख छ । त्यस्तै, मोतिहारी अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको उहाँले बताउनुभयो ।

‘यी तीन परियोजनाको लागत करिब १७ अर्ब रुपैयाँ पर्छ,’ कार्यकारी निर्देशक थानीले भन्नुभयो, ‘तीन वटै परियोजना भारतले बनाइ दिने हो ।’ समझदारीपत्र अनुसार अबको ६ महिनाभित्र सबै गृहकार्य गर्नुपर्छ । निर्माणको काम थालेको ५४ महिनामा तीनवटै परियोजना सम्पन्न गर्ने उल्लेख छ । ‘करिब ५ वर्षको अवधिमा परियोजना सम्पन्न गर्ने गरी समझदारी भएको छ,’ उहाँले भन्नुभयो । २०२० को डिसेम्बरमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमको संयूक्त टोलीले गरेको अध्ययन अनुसार दुई वटा पाइपलाइन र एउटा टर्मिनल बनाउन लागत १७ अर्ब लाग्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस