२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कैलालीमा जलाइयो राष्ट्रपति र प्रधानमन्त्री पुत्ला

कैलाली । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल कैलालीले जिल्लाको घोडाघोडी नगरपालिकामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएको र गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शिवराज चन्दले जानकारी दिनुभयो ।

कैलाली चोकबाट नाराबाजी गर्दै राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरू मुख्य सडकमा पुगेर पुत्ला दहन गरेका थिए । त्यस अघिको कोणसभामा नेकपा एमालेका जिल्ला उपसचिव ममता प्रसाद चौधरी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश महरा र शिवराज चन्द, प्रदेश कमिटी सदस्य प्रकाश खड्का जिल्ला अध्यक्ष लक्ष्मण थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।

उहाँहरुले राष्ट्रपति र प्रधानमन्त्रीको राष्ट्रियतामा आँच आउने काम गरेको, भारतले नेपाली भूमि आफ्नो नक्सामा राख्दा पनि विरोध नगरेको लगायतका बिषयमा विरोध गर्नुभएको थियो । कोणसभा लगत्तै युवाहरूले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस