पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको भूमी समेटिएको विरोधमा पोखरामा प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक भूपू संगठन कास्की र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको आयोजनामा बिहिवार पृथ्वीचोकमा राँको सहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको हो ।
राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ’अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको विरोधमा आयोजना गरिएको राँको सहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरेको हो ।