२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेस्सीले परित्याग गरे पीएसजी

Messi left PSG

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट-जर्मेन यसै सिजनपछि छोड्ने भएका छन् । उनले अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने तय भएको छ । पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले बिहिबार आयोजित प्रेस मिटमा मेस्सीको बहिर्गमन पुष्टि गरे ।

उनले भने, ‘पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्ट फुटविरुद्ध हुनेछ । मैले इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएँ । पार्क डेस प्रिन्सेसमा मेस्सीको यो अन्तिम खेल हुनेछ ।’

मेस्सी सन् २०२१मा बार्सिलोना छोडेर पीएसजीमा आवद्ध भएका थिए । यस क्लवलाई उनले लिग वानको टाइटल जिताउन सफल भए । यद्यपि, च्याम्पियन्स लिगको उपाधिबाट भने पीएसजी टाढै रह्यो । फ्रेन्च मिडियाहरुले मेस्सी फेरी क्याम्प नाउमा फर्किन सक्ने दावी गरेका छन् । तर, बार्सिलोनाले मेस्सीलाई भित्र्याउनका लागि आर्थिक स्रोतमा संघर्ष गर्न सक्ने बताइन्छ । अर्को विकल्प भनेको इन्टरमियामी हो ।

फिल नेभिलको व्यवस्थापनमा रहेको इन्टरमियामीले मेस्सीलाई आकर्षक प्रस्ताव गरेको बताइएको छ । एसियाली क्लवहरुले पनि उनलाई एप्रोच गरिरहेका छन् । साउदी अरेबियाको अल–हिलाल मेस्सीसँग सम्झौता गर्ने अन्तिम तयारीमा रहेको समाचार पनि आएका थिए । ‘मलाई आशा छ उनलाई उत्कृष्ट तरिकाले स्वागत गरिनेछ’, मेस्सीको अन्तिम खेलअघि गाल्टियरले भने ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस