२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीम झगडाका क्रममा कुटपिट हुँद एक जनाको मत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका-१० वटौवाका ५५ बर्षीय छविलाल मण्डलको कुटपिटबाट मृत्यु भएको हो ।

गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल र स्थानीय २५ बर्षीय विशाल महतो र २५ बर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । त्यसक्रममा निधार र छातीमा चोट लागेर छविलाल गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा बुधबार साढे तीन बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिनुभयो । कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस