२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्डद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकारमा बोल्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो । प्रचण्डले मोदीको भ्रमण चाँडै हुने आशा व्यक्त गर्नुभएको छ । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताउँदै प्रचण्डले चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने बताउनुभयो ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले चाँडै बंगलादेशसम्म बिजुली निर्यातका लागि त्रिपक्षीय सहमति हुने बताउनुभयो । अरुण, भारतीय बाटो हुँदै बंगलादेशसम्म बिजुली निर्यात, ४८० मेगावाटको फुकोट कर्णाली, पञ्चेश्वर बहुद्देश्यीय आयोजना, पेट्रोलियम पाइपलाइन, सीमा समाधानलगायत विविध विषयमा सहमति भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस