२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समकक्षी नरेन्द्र मोदीसँग सीमाका विषयमा पनि छलफल भएको बताउनुभएको छ । भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा आफूले मोदीसँग राखेको बताउनुभयो । ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्‍यौं । मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखें,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस