२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लाइसेन्स परीक्षामा ६१ प्रतिशत चिकित्सक फेल

काठमाडौं । गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा प्रकाशित भएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार ६१.६१ प्रतिशत चिकित्सक फेल भएका छन् । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टल (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए ।

यस्तै १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् ।

मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको डा. अधिकारीले बताउनुभयो । यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

‘धेरै जसो पटक–पटक परीक्षा दिने पुराना विद्यार्थी फेल भएका हुन् । एक पटक फेल भएका मान्छे पुन फेल हुने सम्भावना बढ्छ’ डा. अधिकारीले भन्नुभयो, ‘कुनै बेला धेरै नयाँ बिद्यार्थीले परीक्षा दिँदा नतिजा राम्रो आउँछ ।’

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस