काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको दाबी गर्नुभएको छ ।
काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो दुई निर्णय कांग्रेसको नभएको बताउनुभयो । ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी सबै विषय कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो ।
यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ । म मान्दिन गगनले भन्नुभयो ।’ यो परिपाटी अहिलेसम्म सहँदै आए पनि अब नसहने महामन्त्री थापाले बताउनुभयो । पार्टीलाई हित नगरेको निर्णय पार्टीका सबैले बोक्न नसक्ने उहाँको भनाइ छ ।