२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनबाट फर्केपछि अग्नि सापकोटाले स्पष्टोक्ति: चीनले वाम एकताको सद्भाव राख्नु सामान्य हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालमा वाम एकता होस् भनेर सद्भाव राख्नु सामान्य भएको बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणबाट फर्किदाँ उहाँले वाम एकतामा चीनले सद्भाव राखे पनि मिल्न दबाब नदिएको बताउनुभयो ।

‘एउटा कम्युनिष्ट पार्टीले अर्को छिमेकी कम्युनिष्ट पार्टीलाई वाम एकता होस् । कम्युनिष्ट पार्टीको पुनर्गठन होस् भनेर सद्भाव राख्ने कुरा त सामान्य हो’, सापकोटाले भन्नुभयो, ‘उहाँहरुले बारम्बार निर्णय गर्ने तपाईंहरुले नै हो भनिराख्नुभएको छ । त्यो भए हामीलाई राम्रो र खुशी लाग्छ भनेर स्वाभाविक रुपमा भन्नुभएको छ ।’

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस