२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्डले आज भारतको महाकालेश्वर मन्दिरमा पूजा गर्ने

Prime Minister pooja at the Mahakaleshwar temple in India today

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको उज्जैन जाँदैहुनुहुन्छ । चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गर्ने तय भएको छ । भ्रमण तालिकाअनुसार प्रचण्ड बिहान ११ बजे मन्दिरमा पुग्नुहुनेछ । त्यसपछि उहाँले १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नुहुनेछ ।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

यसक्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ । महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस