२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अत्यन्तै साधारण कार्यक्रमबाट वैवाहिक बन्धनमा बाँधिइन् सोबिता गौतम

Sobita Gautam got married

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गर्नुभएको हो । सरप्राईज जस्तै तरिकाले कुनै हल्ला नै नचलाई साधारण संस्कार पूरा गरेर उहाँको विवाह सम्पन्न भयो ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गर्नुभएको हो । सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा हुनुहुन्छ । उहाँसँग विवाह गर्नुभएका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस