२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इटहरीमा खुल्ला व्यायामशाला शुरु, अन्य २५ ठाउँमा बनाउने तयारी

इटहरी / इटहरीमा खुल्ला व्यायामशाला सुरु भएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले खुल्ला व्यायामशालाको शनिवार उद्घाटन गरे । इटहरी उपमहानगरपालिका र स्थानीयवासीको साझेदारीमा इटहरी–१६ स्थित बालग्राम टोलमा व्यायामशालाको उद्घाटन गरिएको हो ।

व्यायामशाला कुल १२ लाख २३ हजार ३ सय २९ रुपैयाँ ३ पैसाको लागतमा निर्माण भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पौडेलले स्वास्थ्य भन्दा ठुलो सम्पत्ति अरू केही नहुने बताए ।

स्थानीय सरकारले इटहरीका सबै वडामा खुल्ला व्यायामशाला निर्माण गर्ने उपमहानगरको नीति अनुरूप चालू आर्थिक वर्षमा ५ वटा व्यायामशाला निर्माण गरिरहेको पौडेलले जानकारी दिए । आगामी आर्थिक वर्षमा बजेटमै व्यवस्था गरि थप २५ वटा खुल्ला व्यायामशाला निर्माण गरिसक्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस