२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बीबीएस दोस्रो वर्षकी विद्यार्थी एलिसाको मोटरसाइकल दुर्घटनामा मृत्यु

झापा । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी झापा बुद्धशान्ति १ की २१ वर्षिया एलिसा अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ । आठ दिनअघि बुद्धशान्ति गाउँपालिका–१ स्थित शान्ति चोकमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी अधिकारीको गए राती उपचारको क्रममा बिर्तासिटि हस्पिटल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षकी विद्यार्थी थिइन् । मे ७ प ८१८१ नं को मोटरसाइकलमा मृतक अधिकारीसहित तीन जना सवार थिए । दुर्घटनामा सोही मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति १ कै २० वर्षिया स्वस्तिका श्रेष्ठ पनि सामान्य घाइते भएकी थिइन् । मोटरसाइकलका चालक २५ वर्षिय दिपेश ढकाल र अर्का मोटरसाइकलका चालक ५८ वर्षिय धनबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस