२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले यौन सम्पर्कलाई खेलको मान्यता दियो : जुन ८ बाट ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता सुरु, २० देशका खेलाडी मैदानमा

Sex Championship Sweden

काठमाडौं । हामीले क्रिकेट, फुटबल, टेनिस, भलिबल, हक्की, ब्याडमिन्टन र बेसबल जस्ता धेरै खेलहरूबारे सुनेका वा देखेका छौँ । प्राय: खेलमा मानिसहरू सहभागी भएका हुन्छन् ।

तर स्वीडेनले नयाँ यस्तो खेल संसारसामु राख्ने घोषणा गर्यो जुनबारे सुनेर जो कोही छक्क परिरहेका छन् । यति मात्र होइन, यौन (सेक्स) लाई खेलको रुपमा मान्यता दिने विश्वकै पहिलो देश स्वीडेन बनेको छ । स्वीडेनले युरोपियन सेक्स च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।

जानकारी अनुसार स्वीडेनले हालै यौनलाई खेलकुदको रुपमा दर्ता गरेको छ । यो ८ जुनबाट युरोपियन सेक्स च्याम्पियनसिप आयोजना हुने बताइएको छ । यसमा सहभागी हुन कुल २० देशका सहभागीले नाम दर्ता गराएका छन् । त्यसैगरी, केही सातासम्म चल्ने यस च्याम्पियनसिपमा सहभागीले हरेक दिन ६ घण्टा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

जानकारी अनुसार सहभागीहरुले खेलको तयारीका लागि ४५ मिनेट समय पाउनेछन् । यस च्याम्पियनसिपलाई लिएर सहभागीहरुमा निकै उत्साह देखिन्छ । युरोपियन सेक्स च्याम्पियनसिपमा कुल १६ वटा प्रतियोगिता हुनेछन् ।

यसमा यौन सन्तुष्टि, ओरल सेक्स, पेनिट्रेशन, मसाज, लुक, सबैभन्दा सक्रिय जोडीजस्ता कुराहरुको आधारमा मुल्याङ्कण गरिनेछ । प्रत्येक खेलको विजेता को हुनेछन् भन्ने निर्णय निर्णायक र दर्शकहरूको भोटले निर्धारण गर्नेछ । यसैबीच, ३० प्रतिशत मत निर्णायकको हुनेछ भने ७० प्रतिशत मत दर्शकको हुनेछ । दुवैको भोटका आधारमा विजेता घोषणा गरिने छ ।

खेलबारे जानकारी दिँदै स्वीडिश फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्राटिकले यौनलाई खेलकुदका रूपमा मान्यता दिँदा मानिसमा मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धन हुने बताए । यति मात्र होइन, खेलमार्फत समाजमा वर्जित मानिने सेक्सप्रति मानिसको दृष्टिकोणमा उदारता पनि आउने उनको विश्वास रहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस