२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो ।

यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।

बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि आइतबार पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस