२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली परराष्ट्रमन्त्रीले भारतका मिडियासँग भने अखण्ड भारतको नक्सामा नेपाली भूमि राखेकोमा हामी चुप बस्छौ भन्दियौं

परराष्ट्रमन्त्रीको लज्जास्पद अभिव्यक्ति: राष्ट्रियताको सवालमा नांगियो सरकार

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको अखण्ड नक्साबारे आफू र नेपाल सरकारलाई नै कुनै जानकारी नभएकाले नेपाल सरकार चुप बस्ने बताउनुभएको छ । शुक्रबार भारतीय टेलिभिजन च्यानल ‘आजतक’ सँग कुरा गर्दै साउदले यसबारेमा आफूहरुलाई कुनै जानकारी नभएकाले भारतसँग कुनै कुरा नभएको अहिले कुरा नउठाइ चुप बस्ने बताउनुभयो । उहाँले आजतकलाई दिएको २१ मिनेट ४५ सेकेन्ड लामो अन्तर्वार्तामा भन्नुभएको छ, ‘अखण्ड भारतको नक्सा बारेमा मलाई कुनै जानकारी छैन । जानकारी नभएको कुरामा प्रधानमन्त्रीले बोल्ने कुरा आएन ।’

आजतक पत्रकारले अखण्ड भारतको विषयमा बिरोध भएको भन्दै नेपाली प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदी बीचमा कुनै वार्ता भएको छ कि छैन भन्ने कुरामा साउदले भन्नुभयो, ‘यो एक मुरल हो। यसमा नेपालले कुराकानी गर्न आवश्यक छैन ।’ अखण्ड भारत २५ सय वर्ष अगाडि चित्र भएको भन्दै त्यसमा नेपालको सिमाको कुरा आवश्यक नभएको साउदले बताउनुभयो । साउदले यो सबै फेसबुकमा आएको भन्दै सामान्यीकरण गर्नुभयो ।

भारतीय विदेश मन्त्रालयले अखण्ड भारत बारेमा बोल्दा नेपाली परराष्ट्रमन्त्रीले भने नेपाललाई ‘जानकारी नभएको’ भारतीय च्यानललाई बताउनु लज्जास्पद हो । भारतीय प्रधानमन्त्रीले आफ्नो देशको संसद भवन उद्घाटन गर्दा अगाडि पछाडि राखिएका ठूला भित्ते नक्सामा अखण्ड भारत भनेर नेपालको लुम्बिनी, विराटनगर समेत देखाइएको छ । यसलाई समेत मन्त्रीले सामान्य हो भनिदिनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस