२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तोलामै १७ सयले घट्यो सुनको मूल्य, आज किने भोलि नै मालामाल

gold price today nepal

काठमाडौं । सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भएरहेको छ । शुक्रबार १४ सय ३५ रुपैयाँमा चाँदी खरिद बिक्रि भएको थियो ।

आज ठूलो रकम लगानी गर्न सके केही दिन वा भोलि नै फेरि बढेर राम्रो नाफा कमाउन सकिनेछ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस