२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुमारी सांसद सोविता गौतमले दुई सन्तानका बाबु अर्काका श्रीमान किन रोजिन्

Sobita Gautam got married

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सोविता गौतमले नेपाली चलचित्रकर्मी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् । प्राप्त जानकारीअनुसार केहि समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको विवाह गत साता नै भएको थियो । तर केही समयपछि मात्र तस्बिर सार्वजनिक गरेर विवाह बारे जानकारी दिएको यो जोडी अहिले जापानमा छ ।

भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित सामान्य धार्मिक अनुष्ठानकै अवसरमा विवाह भएको पारिवारीक स्रोतले बताएको छ । पारिवारिक श्रोतले विवाह भएको पुष्टी गरेतापनि वैवाहिक समारोहका फोटोहरु सार्वजनिक भएका छैनन् । विवाहपश्चात उनीहरु जापान भ्रमणमा पुगेको बताईएको छ ।

गृहेन्द्र चलचित्र निर्माण तथा ईभेन्ट म्यानेजमेन्ट गर्ने कम्पनी गृष्मा ब्रोडकास्टिङका सञ्चालक हुन् । उनको यस कम्पनीले नेपालका सातवटै प्रदेशमा हरेक बर्ष सप्तरङ्ग नामक कार्यक्रमको आयोजना गर्दै आएको छ भने नेपाल आइडल–३ का उत्कृष्ट तीन विजेतालाई विश्वभ्रमण लगायतका कार्यक्रमहरुको आयोजना गर्छ । यो कम्पनीले चलचित्र निर्माणको काम समेत गर्ने गर्छ । गृष्मा गृहेन्द्रकी छोरीको नाम हो । उनले पहिलो पत्नीबाट जन्मिएकी छोरीको नामबाट नै कम्पनी चलाएका छन् ।

चितवनका स्थायी बासिन्दा गृहेन्द्र विवाहित पुरुष हुन् । उनको पहिलो श्रीमती अमेरिकामा बस्छिन् । उनीबाट दुई सन्तान छन् । स्रोतका अनुसार चुनाव जित्नका लागि गृहेन्द्रले सोवितालाई निक्कै ठूलो सहयोग गरेका छन् । उनीहरु केही बर्ष अघिदेखि नै प्रेममा रहेको खुल्न आएको थियो । दोलखाकी सोविता बोल्नमा अब्बल थिइन् । गृहेन्द्रको मास्टर प्लानमा चुनाव जित्न सफल भएको धेरैको बुझाई छ । यसैलेपनि नैतिक संकट देखिएपनि उनीहरुले विवाह गरेको स्रोतको दावी छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस