२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एउटा राष्ट्रपतिले होल्ड गरेको नागरिकता विधेयक अर्कोले प्रमाणीकरण गर्न मिल्दैन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु गलत भएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले एउटा राष्ट्रपतिले होल्ड गरेको नागरिकता विधेयक अर्को राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने बताउनुभयो ।

‘एउटा राष्ट्रपतिको इन्ष्टिच्युसनले नगरेपछि राष्ट्रपति त राष्ट्रपति हो, उही उत्तराधिकार हो भने एउटा राष्ट्रपतिले होल्ड गरेपछि त्यो होल्ड भयो’ उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राख्नुभएको थियो । १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि नेकपा एमाले लगायतले आपत्ति जनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस