२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वका हिन्दुको उच्च धरोहर बाबा अमरनाथको बरफले ढाकिएको पहिलो तस्विर आयो, अमरनाथ यात्रा बारे जान्नुहोस् 

amarnath yatra

काठमाडौं । बाबा अमरनाथ विश्वभरका हिन्दुहरुको उच्च धरोहर हो । पृथ्वीमा जन्म भएपछि जो कोही मानिस एक पटक यहाँ पुग्नै पर्ने धार्मिक मान्यता छ । अहिले अमरनाथ यात्राको तयारी सुरु भएको छ । मानिसहरु गहिरो आस्थाका साथ यहाँ दर्शनका लागि पुग्छन् । यहाँ महादेवको शिवलिंग यस्तो अलौकिक छ की जुन १२ महिना नै हिउँ मात्र हैन बरफ बनेर बसिरहेको देख्न सकिन्छ । अमरनाथलाई बाबा बर्फानीपनि भनिन्छ ।

बाबा बर्फानीको पहिलो तस्विर सार्वजनिक भएको छ । पवित्र अमरनाथ गुफामा हरेक वर्ष हिउँबाट प्राकृतिक शिवलिंग बन्छ । प्राकृतिक हिउँबाट बनेको यस शिवलिङ्गलाई स्वयम्भू हिमानी शिवलिङ्ग र बाबा बर्फानी पनि भनिन्छ । मन्दिर प्रशासन अमरनाथ यात्राको लागि पूर्ण रूपमा तयार छ । बाबा बर्फानीको दर्शनका लागि जुलाई १ बाट यात्रा सुरु हुनेछ। धार्मिक मान्यता अनुसार यस स्थानमा भगवान शिवले माता पार्वतीलाई मोक्षको मार्ग देखाउनुभएको थियो । यस ज्ञानलाई अमर कथा भनिन्छ, त्यसैले यस पवित्र स्थानको नाम अमरनाथ हो। religion rituals pilgrimage amarnath yatra 2023 first pics of baba amarnath know important things related to amarnath yatra

बिहान र साँझ आरती प्रत्यक्ष हुनेछ
तस्विरमा बाबा बर्फानी आकर्षक रुपमा देखिएका छन् र आफ्नो गुफामा बसिरहेका छन् । बाबा बर्फानीको पहिलो तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले भिडियो कन्फ्रेन्समार्फत बाबा अमरनाथको पहिलो पूजामा भाग लिएका थिए। यससँगै अमरनाथ श्राइन बोर्डले बाबा अमरनाथको बिहान र साँझको आरती प्रत्यक्ष प्रसारण गर्नेछ।

अमरनाथ बाबा हिमालयको काखमा अवस्थित छन्
हिमालयको काखमा अवस्थित अमरनाथलाई बाबाको पवित्र तीर्थस्थल मानिन्छ। यो एकमात्र शिवलिंग हो जसको आकार चन्द्रमाको प्रकाशको आधारमा निर्धारण गरिन्छ। यो शिवलिंग साउन शुक्ल पक्षको पूर्णिमाको दिन पूरा हुन्छ र त्यसपछि आउँदो अमावस्याको दिनसम्म आकारमा एकदमै सानो हुन्छ। एक मुस्लिम गोठालोले बाबा बर्फानीको पवित्र गुफा पत्ता लगाएको विश्वास गरिन्छ। आज पनि बाबाको दानमा चढेको रकमको एक हिस्सा उनका सन्तानलाई दिइन्छ। विश्वको यस्तो हिन्दु महास्थानमा मुस्लिमलाई समेत साथमा राखिएको छ । यो धार्मिक सहिष्णुताको प्रतिक हो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस