२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

थुप्रै रुसी रेडियो स्टेशनहरू एकै पटक ह्याक : राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली सन्देश बज्यो

Vladimir Putin

काठमाडौं । रुसका थुप्रै रेडियो स्टेशनहरू एकै पटक ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिन ( Vladimir Putin ) को नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिण–पश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । किभले यस्ता गतिविधिहरूले लामो–अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ । रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो त्यो आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकलाई खाली गर्ने घोषणा गरेको छ ।

‘यो वास्तवमै ह्याक थियो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भन्नुभएको छ । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दामा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ । एमआरआई रेडियो स्टेशनले ह्याकिङलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ जुन झन्डै ४० मिनेटसम्म प्रसारित भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस