२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिनुहुने भएको छ । प्रतिनिधि सभाको बैठकमा उहाँले भारत भ्रमणका बारेमा जानकारी दिन लाग्नुभएको हो । भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार स्वदेश फर्किनुभएको छ ।

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गर्नुभएको थियो । भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।

सञ्चार माध्यममा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि बंगलादेशसँग मार्ग जोड्ने सडकसँग साट्ने भारतसँग कुरा भएको भन्ने आएपछि संसदमा विपक्षी दलले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । उनीहरुले भारतले अखण्ड भारतको नक्सा भनेर नेपालको भूमि राखेको बारेमापनि प्रधानमन्त्रीले कुरा उठाउन नसकेको भन्दै विरोध गरेका छन् । यस बारे जवाफ दिन माग गर्दै बैठक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस