२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनकोसी नदीभित्र भेटियो कार, कारभित्र नेपाल सरकारका सहसचिवसहित उच्च दुई अधिकारीको शव

Car found in Sunkosi river

काठमाडौं । सुनकोसी नदीभित्र कार भेटिएको छ । कारभित्र नेपाल सरकारका उच्च दुई अधिकारीको शव भेटिएको छ । नदीमा खसेको सीटीईभीटीका कर्मचारी चढेको गाडीमा दुईजनाको शव भेटिएको हो । उनीहरू दुवैजनाको सनाखत हुन नसकेको डीएसपी चीरनञ्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटना भएको स्थानबाट करिब एकसय मिटर तल गाडी भेटिएको हो । बेपत्ता एकजनाको अवस्था भने अज्ञात छ । खोज्ने क्रममा दुईवटा शव गाडीभित्रै भेटियो । अब शवको पहिचान गरेर आफन्तलाई बुझाउने काम हुन्छ, दाहालले‍ भन्नुभयो । गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको हो । गाडी ‍करिब साढे १२ बजेतिर सिन्धुलीको खुर्कोटस्थित सुनकोसी नदीमा खसेको थियो ।

गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीनजना बेपत्ता भएका थिए । सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेल र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेल बेपत्ता भएका थिए ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस