२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकी इतिहासकै खतरनाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन मृत फेला

Robert Hanson

काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् । एफबीआईका पूर्व एजेन्ट ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेका बीबीसीले जनाएको छ । ७९ वर्षीय ह्यान्सनको मृत्युको कारण पुष्टि हुन सकेको छैन ।

अमेरिकी जाँच एजेन्सी एफबीआईको एजेन्ट हुँदाहुँदै रुसको लागि जासुसी गरेको आरोप उनीमाथि थियो । १२ जनवरी १९७६मा एफबीआई अफिसरको रुपमा काम गरेका ह्यान्सनले करिब २० वर्षसम्म रुसको लागि जासुसी गरेका थिए । यो अवधिमा रुसले ह्यान्सनको खातामा १४ लाख डलरभन्दा बढी रकम ट्रान्सफर गरिदिएको र हिरा दिएको बीबीसीमा उल्लेख छ । सन् १९९४ मा एफबीआईले जासुस एल्ड्रिच हेजेन एम्सलाई पक्राउ गरेपछि ह्यान्सनको पनि संलग्नता खुलेको थियो । यो कुराको पुष्टि भएपछि अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजायँ सुनाएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस