२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कलेजो रोगबाट सर्जन डाक्टर रणधीर झाको निधन

Surgeon Dr. Randhir Jha passed away due to liver disease

जनकपुर । कलेजो रोगबाट पिडीत सर्जन डाक्टर रणधीर झाको उपचारका क्रममा निधन भएको छ । शुक्रबार विहान नयाँदिल्लीमा उपचारका क्रममा डा. झाको निधन भएको हो । डा. रणधीर अनुमन्त अस्पतालका संचालक समेत हुनुहुन्थ्यो । डा. झा एक महिनादेखि उपचारमा हुनुहुन्थ्यो । एक महिनादेखि दिल्लीमा उपचाररत झाको कलेजोमा समस्या रहेको थियो ।

सन् २०१९ बाट डा. झाले आफ्नै नेतृत्वमा सर्लाहीको बरहथवामा हनुमन्त अस्पताल संचालनमा ल्याउनुभएको थियो । जण्डिसको समस्याबाट पीडित झा उपचारका लागि एक महिनाअघि भारतको नयाँदिल्ली पु्ग्नुभएको थियो । वीरगन्जस्थित नेपाल मेडिकल कलेजबाट उहाँले जनरल सर्जरीमा विशेषज्ञता हासिल गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस