२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खप्तड पुगेर प्रधानमन्त्रीले विशिष्ट अतिथिका रुपमा आएका बाबा रामदेवसमक्ष विकासका लागि सहयोग मागे

खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको प्रवर्द्धनका विशेष संयन्त्र बनाइने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई खप्तड विकास प्रतिष्ठान वा खप्तड विकास कोषको रूपमा विकास गरिने बताउनुभएको हो ।

प्रकृतिले दिएको स्वर्गलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले विशिष्ट अतिथिका रुपमा उपस्थित रहेका भारतका प्रशिद्ध योगगुरु बाबा रामदेवसमक्ष खप्तडको विकासका लागि आवश्यक सहयोगको अपिलसमेत गर्नुभयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरुडपुराणमा वर्णन भएको स्वर्गभन्दा पनि खप्तडको सुन्दरता धेरै रहेको बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिमका कला र संस्कृतिहरुसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस