२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६ जना मृत अवस्थामा फेला

काठमाडौं । मोरङ, लेटाङ नगरपालिका-८ जाँते बस्ने ५७ वर्षीय गणेश दर्जी सोही ठाउँस्थित बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । तनहुँ, बन्दिपुर गाउँपालिका-५ याम्पास्थित चाईनिज क्याम्प पछाडी कुलोमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोहन बहादुर भुजेल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहट, गौर नगरपालिका-३ जनक बोर्डिङ्ग स्कुल पछाडी सोही नगरपालिका-४ टिकुलिया बस्ने ८० वर्षीय रामचन्द्र गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । रुकुम (पूर्व), भुमे गाउँपालिका-१ लुकुम वरपिसी बस्ने ३५ वर्षीय तेज बहादुर घर्ति आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी धनुषा, गशेणमान चारनाथ नगरपालिका-४ कमलाखोलामा डुबेर सिरहा कल्यानपुर नगरपालिका-१० घर भई हाल मिर्चैया नगरपालिका-५ बस्ने ४० वर्षीय अरुण कुमार महतोको मंगलबार साँझ मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको फुलकुमारी मेमोरियल अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । भोजपुर, आमचोक गाउँपालिका-१० पाङ्चा सेतो गरगरे बस्ने ५३ वर्षीय मान बहादुर बिष्टको सोही ठाउँस्थित दुध कोशी नदीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस