२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बामदेव गौतमले भने– केपी ओलीले फोन गरे अब म एमाले फर्कन तयार छु

Bam Dev Gautam

काठमाडों । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर अलग्गै गतिविधि गरिरहनुभएका बामदेव गौतमले नेकपा (एमाले) मा आउन तयार रहेको बताउनुभएको छ ।

एमालेले कार्यकारिणी कमिटीमा बस्न ७० वर्षे उमेर हदको बाधा फुकाएपछि राष्ट्रिय सभाका सदस्यसमेत रहनुभएका गौतम उत्साहित बन्दै एमालेमा फर्किने घोषणा गर्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन पटक भेटवार्ता भएर एमालेमा आउन तयार रहेको बताउनुभएका गौतमले नेतृत्वले पहल गरे आफू फर्कने बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस