२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सडकको आधा बजेट प्रधानमन्त्री, अर्थमन्त्री र देउवाको जिल्लामा मात्रै

Prime Minister Finance Minister and Sher Bahadur Deuba

काठमाडौं । प्रभावशाली नेताहरुको जिल्ला र निर्वाचन क्षेत्रका सडकमा बजेट छर्ने परिपाटी यो बर्ष त झनै मौलाएको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको नाममा असमान बजेट वितरण हुँदै आएको हो । यो बर्ष त झनै मौलाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गत यो कार्यक्रम राखेर बजेट छुट्याएको छ भने प्रदेशमा दिएको सशर्त अनुदानमा पनि यो कार्यक्रम घुसाइएको छ ।

यो कार्यक्रमका लागि भौतिक पूर्वाधार मन्त्रालयमा मात्र ५ अर्ब २० करोड ५७ लाख रुपैयाँ छुट्याइएको छ । तर यो रकमको झण्डै आधा रकम तीन नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्र भएको गोरखा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा र अर्थमन्त्री डा. प्रकाशशरण महतको गृह जिल्ला नुवाकोट गरी तीन जिल्लाका सडक आयोजनामा पारिएको छ । देशमा अरु विकासको पर्खाइमा रहेका स्थान नै छैनन् जसो गरेर सबै बजेट आफ्नै क्षेत्रमा खन्याइएको छ । मानौं की यो उनीहरुको आफ्नै सम्पत्ति हो ।

मन्त्रालय स्रोतबाट प्राप्त विवरण अनुसार वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम शीर्षक अन्तर्गत ५ अर्बको कूल रकममध्ये तीन वटा जिल्लामा २ अर्ब ३२ करोड र बाँकी ७४ जिल्लामा २ अर्ब ६८ करोड रकम छुट्याइएको छ । सबभन्दा बढी रकम कांग्रेस सभापति देउवाको गृह जिल्ला डडेलधुराको सडकहरुमा एक अर्ब १० करोड रुपैयाँ बजेट परेको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा डडेलधुराका ८ वटा आयोजना छनोटमा परेका छन् । र, एउटै योजनामा १० करोडदेखि ३० करोडसम्म रकम छुट्याइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस