२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इन्टरपोलका President Ahmed Naser Al-Raisi र महासचिव Jurgen Stock लाई प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको इन्टरपोलको झण्डा हस्तान्तरण गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिंगापुरमा सुरू भएको १८औं हेड अफ नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) कन्फ्रेन्सका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गर्नुभएको हो ।

इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल हुनुभएको थियो ।

आगामी शुक्रबार सम्पन्न हुने उक्त कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू समेत आदानप्रदान हुने कार्यक्रम रहेको छ ।

एनसिबी काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त कन्फ्रेन्समा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फ्रेन्समा एनसिबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज।ब।रा। समेतको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस