२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत नेपालसम्म सजिलै मार हान्न सक्ने हाइपरसोनिक मिसाइल बनाएको इरानको दाबी

काठमाडौं । इरानले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेको छ । यो मिसाइलको गति ध्वनिको तुलनामा १५ गुणा बढी हुने उसको भनाइ छ । इरानको आणविक कार्यक्रमका बारेमा अमेरिकासँग चलिरहेको तनावका बीच यो घोषणा भएको हो ।

‘फत्ताह’ नाम गरिएको उक्त मिसाइलले १४ सय किलोमिटरसम्म मार हान्न सक्ने इरानका टेलिभिजन रिपोर्टमा उल्लेख गरिएको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले यो शक्तिबाट मध्य एसियामा सुरक्षा र शान्ति कायम सहज हुने टेलिभिजन कार्यक्रममा बताएका छन् । यसलाई कुनै पनि क्षेत्रीय रक्षा संयन्त्रले पनि रोक्न नसक्ने इरानको दाबी छ । यद्यपि, दाबीलाई बल पुग्ने प्रमाण उसले सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस