२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले दिने मुर्राबाट भैंसी गर्भवती गराउँदा दूध उत्पादन ३ गुणा बढ्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा निःशुल्क उपहारका रूपमा ल्याउने भनिएका मुर्रा जातका १५ वटा राँगाका विषयमा सामाजिक सञ्जालदेखि संसद्सम्म चर्चा छ । आखिर यी कस्ता राँगा हुन् ? यिनको प्रजनन क्षमता कस्तो छ ? यस विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयले वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगोबाट ३ वर्षपछि वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने जनाएको छ ।

यसले कम्तीमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार हुने मन्त्रालयको दाबी छ । यसले नश्ल सुधारपछि दूधमा देखिएको समस्या समाधान हुने जानकारहरु बताउँछन् । दुई मुलुकबीचको सहकार्यअनुसार १५ वटा मुर्रा राँगो उपलब्ध गराइने भारतीय दूतावासले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराइँदै छ ।’

कृषि मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै मुर्रा राँगो आयातका लागि विगतदेखि नै प्रयास भइरहेको प्रस्ट्याएको छ । ‘सन् २०१८ मा नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको निर्णयानुसार विभिन्न समयमा औपचारिक–अनौपचारिक रूपमा भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध भएको थियो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२० जुनमा नेपालले निर्धारण गरेको प्राविधिक मापदण्डबमोजिमका १५ वटा उच्च नश्लका मुर्रा जातका पाडा उपलब्ध गराउन सम्बद्ध भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको छ ।’ फलस्वरूप प्रधानमन्त्रीको भ्रमणमा १५ वटा उच्च प्रजनन मानका मुर्रा राँगो उपलब्ध गराउने घोषणा भएको मन्त्रालयले जनाएको छ । मुर्राबाट भैंसी गर्भवती गराउँदा दूध उत्पादन ३ गुणा बढ्ने विज्ञहरुको दावी छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस