२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज दुनियाँभर चम्किएकी नेहा कक्कडका बुबा आफ्ना बच्चा पढ्ने स्कुलबाहिर समोसा बेच्थे, सम्झेर हुन्छिन भावुक

neha kakkar emotional

काठमाडौं । अहिले नेहा कक्कड दुनियाँभर चम्किएकी कलाकार हुन् । बलिउडमा गायिका नेहा कक्कड आफ्नो आवाजले धुम मच्चाई रहेकी छन् । उनका एक पछि अर्को सुपरहिट गीतले सबैसामु लोकप्रिय बनाएको छ । उनले आफ्नो मिहिनेतले इंडस्ट्रीमा नाम बनाएकी हुन्। साथै उनको विवाह पनि भईसकेको छ। अहिले नेहा इंडस्ट्रीको चर्चित स्टार बनिसकेकी छन्। तर एक समय यस्तो थियो जब उनले आफ्नो जिन्दगीमा निकै कठिन दिनको सामना गर्नुपरेको थियो। थाहा पाउनुहोस, नेहाको जीवनको यस्तो किस्सा जुन तपाईले पहिले कहिले सुन्नुभएको छैन।

नेहा कक्कडको पिताले बेच्थे समोसा

गायनको साथसाथै नेहाले थुप्रै रियालिटी शोजलाई होस्ट पनि गर्छिन्। उनले रियालिटी शोमा होस्ट गर्ने क्रममा आफ्नो बितेको पल सम्झिदै भनेकी थिइन् कि उनको बाल्यकालमा उनको परिवारको आर्थिक स्थिति ठीक थिएन। जुन स्कूलमा उनको दिदी सोनू पढथिन्, सोहि स्कुल बाहिर उनको बुवाको समोसाको ठेला थियो र त्यहाँ उनको बुबाले समोसा बेच्थे। यस किस्सालाई सुनाउदै गर्दा नेहाको आँखाभरि आँसु थियो।

ईन्डियन आइडलमा रिजेक्ट

जब नेहा कक्षा ११ मा पढथिन् तब उनी सन् २००६ सालमा रियालिटी शो ईन्डियन आइडल २ मा गएकी थिइन्। नेहा ‘ईन्डियन आइडल’ को फाइनलसम्म पुगेकी थिइन्। तर उनले उपाधि भने हासिल गर्न सकिनन्। त्यसपछि नेहाले सन् २००८ मा आफ्नै एल्बम लन्च गरेकी थिइन्। नेहाको पहिलो हिट गित ‘सेकेन्ड ह्यान्ड जवानी’ थियो। तर उनलाई सबैभन्दा धेरै सफलता ‘यारिया’ फिल्मको गीत ‘सनी–सनी’ बाट मिलेको थियो।

पन्जाबी सिंगर रोहनप्रीत सिंहसँग बिहे

नेहा जति नै आफ्नो प्रोफेशनल लाइफलाई लिएर चर्चामा रहन्छिन् । त्यति नै आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा हुन्छिन् । केहि समय पहिले उनले आफ्नो ब्वायफ्रेन्ड रोहनप्रीत सिंहसँग बिहे गरेकी थिइन्। रोहन चर्चित गायक हुन्। दुवैको जोडीलाई सामाजिक सञ्जालमा निकै माया मिल्छ। नेहा आफ्नो तस्विर साझा गरिरहन्छिन्।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस