२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धन प्राप्त हुनु अघि देखिन्छ यस्ता सपना

Such dreams are seen before getting wealth

काठमाडौं । निद्रामा हरेक व्यक्तिले सपना देख्छन् र आफूले देखेको सपना बारे प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । सपनाले भविष्यमा हुने राम्रो वा नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । सुतेपछि सपना देख्नु सामान्य हो ।

तर निन्द्रामा राम्रो सपना देखे त ठिक हो तर नराम्रो सपना देख्नुहुन्छ या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन भने अब सचेतन बन्नुहोस् । प्राचीन धर्मग्रन्थहरु जस्तै वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ। यस्तो सपना देख्दा धन मिल्छ

  • अप्सरा देख्नु – धन र सम्मान प्राप्त
  • लास देख्नु – धन लाभ
  • अंग दान गर्नु – उज्जवल भविष्य, पुरस्कार
  • आँधीबेहरीमा लड्नु – सफलता मिल्नु
  • कन्या देख्नु – धन बृद्दी
  • हत्या हिंसा देख्नु – सौभाग्य बृद्दी
  • रगत देख्नु – धन प्राप्ति
  • रगतको वर्षा देख्नु – देशमा कुनै घटनाहरु घट्नु
  • रगतमा मुछिनु – धन सम्पत्ति पाउने लक्षण
  • औंठी लगाएको देख्नु – धन प्राप्त हुन्छ
  • घर बनाएको देख्नु – धन हात लाग्छ
  • कमलको फूल देखेमा – धन प्राप्तीको संकेत
  • तरभुजा देख्नु – बुझ्नुस् धनलाभ हुँदैछ
  • गरिवी विपन्नता देख्नु – शुभ ,विपनामा समृद्धी दिलाउँछ
  • सुगाको तोता देख्नु – निक्कै शुभ ,धनप्राप्तिको संकेत
  • गाइ वा भैसीको थुन छोएको देख्नु – राम्रो मानिन्छ
  • तास खेलेको देख्नु – ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत
  • अजगर देख्नु – शुभ
  • आगो देख्नु – गलत तरिकाबाट धन प्राप्ति
  • गुण्डागर्दी गर्नु – धन प्राप्ति, जागिर मिल्नु

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस