२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेयर बजारमा ५६ लाख लगानीकर्ता देखाएर सीमित व्यक्तिले कमाइ रहेका छन् : अर्थमन्त्री महत

Prakash Sharan Mahat

काठमाडौं । सेयर बजार सीमित व्यक्तिको कब्जामा परेकाले आम लगानीकर्ताले नोक्सान व्यहोर्नु परेको अर्थमन्त्री प्रकाशशरण महतले बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले करिब ५६ लाख लगानीकर्तालाई देखाएर सेयर बजारमा सीमित व्यक्तिहरूले लाभ लिइरहेको आरोप लगाउनुभयो ।

‘सीमित व्यक्तिले चलखेल गरी बजार बढाउने–घटाउने काम भइरहेको रहेछ, उनीहरूका गतिविधिले आम सर्वसाधारण लगानीकर्ताले नोक्सानी बेहोरिरहेका छन,’ उहाँले भन्नुभयो, ‘यसलाई निस्तेज पार्न धितोपत्र बोर्ड लाग्नुपर्छ । सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने गरी बजार सञ्चालन हुन दिनु हुँदैन ।’ बजारमा मौलाउँदै गएको यस्तो विकृति रोक्नका लागि प्रभावकारी रूपमा नियमन र सुपरिवेक्षण गर्न नेपाल धितोपत्र बोर्डलाई अर्थमन्त्री महतले निर्देशन दिनुभएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस